पोखरा, २३ माघ / पोखराको पी.एन क्याम्पस मंगलबार बिहानदेखी तनावग्रस्त भएको छ । आफ्ना विधार्थी नेतालाई बसले कुल्चेर मारेपछि आज बिहानै देखि पोखरा स्थित पृथ्वीनारायण क्याम्पस तनावग्रस्त बनेको छ ।हिजो नदीपुरको ओरालोमा विधार्थी नेता भोजराज ढकाललाई बसले कुल्चेर विभत्स हत्या गरेको थियो ।ढकाल नेबिसंघ स्याङ्गजा-पि.एन. क्याम्पस इकाईका अध्यक्ष थिए ।विधार्थीहरु क्याम्पस भित्र र प्रहरीले बाहिर वाट एक-अर्कामा ढुंगा प्रहार गरिरहेका छन् ।प्रहरीले विधार्थी नेतालाई गिरफ्तार गरेको छ ।
यसरी भएको थियो ढकालको मृत्यु
पोखराको बगरमा यहाँको नगरबसले पैदल हिँडिरहेका युवालाई ठक्कर दिएर किच्यो । सोमबार साँझ ७ बजेतिर स्याङजा आँधीखोला गाउँपालिका घर भएका बोधराज ढकाल सडक छेउमै हिँड्दै थिए ।
ग १ ख ३८३६ नम्बरको माइक्रोबसले २४ वर्षीय ढकाललाई एक्कासी पछाडिबाट ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्कर दिएपछि उल्टै बस भाग्यो । फरार नगरबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रण गरेर आवश्यक अनुसन्धान थालेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । गम्भीर घाईते ढकालको गण्डकी मेडिकल कलेजमा उपचार गर्न लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको थियो ।
अस्पताल पुर्याएपछि उनको मृत्यु भयो । उनको शरीर हेर्दा शरीरमै टायरको डाम रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।ढकाल पोखराको पृथ्वीनारायण क्याम्पसमा पढ्दै आएका थिए । घटनापछि लापरबाही ढंगले गाडी चलाएर ठक्कर दिने चालकलाई हदैसम्मको कारबाहीको माग गरिएको छ ।
उनी आबद्ध संघसंस्था तथा पदाधिकारीले पनि आपत्ति जनाएका छन् । उनी नेपाल बिद्यार्थी संघ स्याड़ंजा पृथ्बीनारायण क्याम्पस सम्पर्क समितिका सभापति पनि हुन् ।