गृहपृष्ठ

स्याङ्गजाको घलेम डांडामा आगलागी

By peoplesdailynepal

February 10, 2018

माघ २७, स्याङ्गजा / स्याङ्गजाको पुतलीबजार नगरपालिका स्थित पर्यटकीय स्थल घलेमको डांडामा शनिबार दिउसोदेखि आगलागी भएको छ । नगरपालिका कार्यालय देखि ४ किलोमिटर दुरीमा रहेको उक्त पर्यटकीय स्थलमा लागेको आगो निभाउने प्रयास भईरहेको छ ।

जंगलले घेरिएकाले उक्त डांडामा लागेको आगो नियन्त्रणमा लिन कठिनाई परिरहेको स्थानीय अशोक शर्मा मरासिनीले बताए । आगोलाई अहिले स्थानीयवासी, नगरपालिका र सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।