माघ २९, पोखरा / सामाजिक सेवा र व्यक्तित्व विकासलाई संगै लिएर हिड्ने संस्थामा चिनीएको रोटर्याक्टले पोखरामा सोमबार चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । रोटर्याक्ट क्लब अफ पोखरा मिड टाउनको आयोजनामा सोमबार पोखराका विभिन्न विधालय हरुको सहभागीतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । पोखरा महेन्द्रपुल स्थित कुटुम्ब क्याफेमा क्लबका अध्यक्ष अनिल लामिछानेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । चित्रकार बुद्धि गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रतियोगितामा प्रथम स्थान एस. ओ. एस. हर्मन माइनर स्कुलकि सुमि सिंह ठकुरि, दित्तिय स्थान प्रतिभा माध्यामिक विधालयकि प्रज्ञा ओलि र तृतीय स्थान लिटिल स्टेप माध्यामिक बिधालयका सोलन बि.क ले प्राप्त गरेका थिए । कार्यक्रमको संयोजक सन्जय गौतम रहेका थिए भने सन्चालन क्लबका सचिव सुबास आचार्यले गरेका थिए ।