Breaking News

कम्युनिस्ट महिलाहरुको गुप्ताङ्गमा गोली ठोक्न राष्ट्रपतिको आदेश, विश्वभर आलोचन (भिडियो सहित)

By Peoplesdailynepal

February 14, 2018

२ माघ, काठमाडौँ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुतेर्तेले कम्युनिस्ट महिलाको गुप्ताङ्गमा गोली हान्न सेनालाई आदेश दिएका छन् ।

राष्ट्रिपति डुतेर्तेले फिलिपिन्स कम्युनिस्ट पार्टीमा लागेका महिलाको गुप्ताङ्गमा गोली हान्न आदेश दिएका हुन् । यो आदेशसँगै विश्वभर उनको आलोचना भइरहेको छ ।

राष्ट्रपति डुतेर्तेले केही दिनअघि एक कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो आदेश दिएका थिए । राष्ट्रपतिको जनसम्पर्क कार्यालयले पनि उनको यो निर्देशन सम्बन्धी विवरण प्रकाशित गरेको थियो तर उक्त विवरणमा ‘गुप्ताङ्ग’ शब्द उच्चारण नगरी खाली ठाउँ छोडिएको थियो । राष्ट्रिपति डुतेर्तेको भनाइप्रति महिलाअधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।

फिलिपिन्स कम्युनिस्ट पार्टी जनताको मुक्ति र अधिकारको लागि संघर्षरत छ ।