गृहपृष्ठ

आफैँ पढेको विधालयमा सहयोग

By peoplesdailynepal

February 15, 2018

बिदेशमा रहेर नेपालका बिभिन्न कल्याणकारी र सामाजिक काममा आर्थिक सहयोग गर्ने परोपकारी नेपालीहरु धेरै छन् । करिब १८ बर्षदेखि बेल्जियममा बसोबास गर्दै कास्कीकोट जन्मभुमि रहेका रामचन्द्र सुबेदी (देबी) त्यसैको एक उदाहरण हुन् ।

बेल्जियमा व्यबसाय गर्दै आइरहेका सुबेदिले आज आफुले अध्ययन गरेको प्राथमिक बिद्यालयमा हाल अध्ययनरत बिद्यार्थिहरुलाई आवश्यक सामाग्रीहरु सहयोग गरेका छन् । कास्कीकोट देउरालीमा रहेको श्री मातृभूमि जनप्रकाश आधारभूत बिद्यालयका ३३ जना बिद्यार्थिहरुलाई ड्रेस , स्टेशनरी प्रदान गरेका छन् ।

“मैले पढ्ने समयमा करिब २ सय बिद्यार्थि थिए , आज जम्मा ३३ जना छन् भनेर जानकारी पाउँदा छक्क परे”आफुले पढेको बिद्यालय परिसरमा पुगेका सुबेदीले भने:-“हरेक पटक आउँदा आफ्नो गाउँठाउँलाई धेरथोर भएपनि सहयोग गर्न मनलाग्छ ।”

हरेक पटक आउँदा सहयोग गरिरहेको छु अबको पटक आउँदा गाउँलाई अत्याबश्यक रहेको एम्बुलेन्स सहयोग गर्ने बचन व्यक्त गर्दछु उनले भने ।

सहयोग हस्तान्तरण कार्यक्रममा बिद्यालय व्यबस्थापन समिति , शिक्षक अभिभावक संद्यका पदाधिकारीको समते उपस्थिति रहेको थियो ।