Breaking News

उपमहानगरपालिकाका मेयरले राजिनामा नदिए जनकारवाही गर्ने जनपरिषद्को चेतावनी

By Peoplesdailynepal

March 06, 2018

२२ फागुन, हेटौडा । नेपाल कम्युनिष्ट पार्टी निकट जनपरिषद् नेपालले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको राजीनामा गर्न चेतावनीसहितको पत्र दिएको छ । मेयर महतले जनताको सेवा गर्नुको साटो भ्रष्टाचारी, कमिशन खोर र दलाल-माफियाहरुको संरक्षणमा लागेको भन्दै जनपरिषद्‍ मकवानपुरले राजिनामा गर्न पत्र दिएको हो ।

नेकपा मकवानपुरका इन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ मार्फत् जनपरिषद्ले मेयर महतलाई राजीनामा माग पत्र बुझाएको हो ।

‘जनतालाई शान्ति सुरक्षा र सुख दिनु पर्नेमा मेयर महतले जनतालाई सास्ती दिने र दलालहरुको संरक्षण गरिरहेकोले राजीनामा मागिएको हो’ इन्चार्ज ज्वालाले बताए । मेयर महतले तत्काल राजिनामा दिएमात्रै नगरवासीको भलो हुने जनपरिषद्ले उपत्रमा उल्लेख गरेको छ ।

परिषद्का मकवानपुर प्रमुख निर्दोष क्षत्रिले हस्ताक्षर गरेको पत्र कार्यालयमै पुगेर अाइतबार महतलाई बुझाइएको हो । महतले एमालेको तर्फबाट मेयरमा विजयी भएका थिए ।

मेयर महतले राजिनामा नदिए जनकारवाहीको चेतावनीको चेतावनी पत्रमा दिइएको छ । जनपरिषद्ले देशैभरीका जनप्रतिनिधिको राजिनामाको माग गर्दै पत्र बुझाउँदै अाएको छ ।