Breaking News

दुर्घटनामा परि मुत्यु भएका दुई प्रहरीलाई श्रद्धाञ्जली

By Peoplesdailynepal

March 06, 2018

पोखरा, फागुन /पोखराको विजयपुरमा आइतबार साढे ११ बजे दुर्घटना परि निधन भएका दुई प्रहरीलाई श्रद्धाञ्जली दिएका छन् । मृतक दुवै प्रहरीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको प्राङगणमा श्रदाञ्जली दिए ।

प्रदेश ४ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिंह बम लगयात कास्की स्थित विभिन्न प्रहरी कर्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले मृतक प्रहरी कर्मचारीहरुको आत्मको शान्तीका लागि श्रदाञ्जलि अर्पण गरे । नेपाल प्रहरीले कर्मठ, ईमान्दार, राष्ट्रप्रेमी असल योद्दा गुमाउदा समग्र संगठन नै स्तब्ध भएको र संगठनलाई अतुलनिय क्षति समेत भएको उनीहरुको भनाई छ ।

बागलुङबाट काठमाडौ जादै गरेको बा४ख ५७५८ नम्बरको बसले पोखरा आउदै गरेको ग११प ३६४५ मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई प्रहरी मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान सुशिल बानियाँ र प्रदिपकुमार यादबको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अशोक सिहंले जानकारी दिए । दुर्घटना पछि घाइते भएका उनीहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा ल्याए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।