Breaking News

“कम्प्युटर सहितको पुस्तकालय स्थापनार्थ” अखिल सांगीतिक साझ – २०७४ हुने

By Peoplesdailynepal

March 06, 2018

महेन्द्र पौडेल,

फाल्गुन २२ पोखरा । जनसांस्कृतिक महासंघ कास्कीको बिशेष सहयोगमा अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी कास्कीले यही चैत ३१ गते आइतबार “कम्प्युटर सहितको पुस्तकालय स्थापनार्थ” भन्ने हेतुले प्रगतिशील सन्देश प्रवाह गर्न राष्ट्रिय स्तरका चर्चित लोकप्रिय कलाकारहरूको उपस्थितिमा बृहत सांस्कृतिक कार्यक्रम अखिल सांगीतिक साझ–२०७४ को आयोजना गर्ने भएको छ ।

राष्ट्रिय चर्चित गायक शिशिर योगी, चर्चित हास्य व्यंग्यकलाकार राजाराजेन्द्र पोखरेल, राष्ट्रिय चर्चित लोक तथा दोहोरी गायक पुरुषोतम न्यौपाने, जीवन दाहाल, कृष्ण भण्डारी, रजनी रिदम राई तथा आधुनिक गीतकार तथा संगीतकार रामभक्त जोजिजु, गण्डकी तारा-२०७२ अदिति शर्मा लागयत पोखरामा रहेका अन्य चर्चित कलाकारहरुको वेजोड प्रस्तुति रहने छ । त्यसै गरी सोही कार्यक्रममा तरेली संस्कृतिक परिवार र अनुशिल कला पाठशालाका कलाकारहरुको विशेष प्रस्तुती रहने जनाइएको छ ।

“कम्प्युटर सहितको पुस्तकालय स्थापनार्थ” आयोजना गरिएको सांस्कृतिक कार्यक्रम “अखिल सांगीतिक साझ–२०७४” को पोखराको गैह्रपाटनमा रहने छ । उद्योग वाणिज्य संघको सभाकक्षमा हुने कार्यक्रमबाट प्राप्त हुने रकमबाट “कम्प्युटर सहितको पुस्तकालय स्थापनार्थ” गरिने जिल्ला कमिटी अध्यक्ष विवेक देवकोटाले बताउनु भयो, उक्त पुस्तकालय स्थापनार्थ गर्न गरिएको कार्यक्रममा सम्पूर्ण संगीतप्रेमीहरुलाई श्रोताहरुलाई कार्यक्रममा सहभागी भइ “कम्प्युटर सहितको पुस्तकालय स्थापनार्थ” मा सहयोग गरिदिनुहुन पनि अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी कास्कीका अध्यक्ष देवकोटाले पिपुल्सडेलीलाई जानकारी दिनु भयो ।