फाल्गुन २२ काठमाडौं– पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहद्धारा यही फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरिएको छ ।
४ बुँदे माग राख्दै पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहले फागुन २५ र २६ गते बन्दको आह्वान गरेका हुन् ।
नेपाली कलाकारलाई सम्मान गरौँ, भारतिय विस्तारवाद सलमान खानलाई बहिस्कार गरौँ, जनयुद्ध र जनआन्दोलनका घाइतेहरुलाई निशुल्क उपचार गरौँ र पूर्व लडाकुलाई राष्ट्रिय सम्मान सहितको प्रमाण पत्र पेन्सन सहितको व्यवस्था गरौँ लगायतका माग गख्दै बन्दको आह्वान गरेको उक्त समूहले जनाएको छ ।
२५ र २६ गते हुने बन्दको अवज्ञा गरे बेलुका आफैले सोच्नुहोला ! उक्त बन्दको प्रर्चामा लेखिएको छ ।