Breaking News

गोरखामा माइक्रोबस दुर्घटना हुँदा एकको मृत्यु, १७ घाईते

By Peoplesdailynepal

March 07, 2018

गोरखा, २३ फागुन । गोरखा नगरपालिका–१०, वीरेनचोकमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी–१ घर भई मनकामना बहिरा मावि गोरखा कक्षा ५ मा पढ्ने श्रद्धा गौली रहेको प्रहरीले जनाएको छ।

बा३ख ४६५८ नम्बरको माइक्रोबस दुर्घटनामा परी १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।