Breaking News

भण्डारीले निश्पक्ष निर्णय नगरेकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारी : शशांक कोइराला

By Peoplesdailynepal

March 07, 2018

काठमाडौं, फागुन २३ – कांग्रेसका नेता शशांक कारेइरालाले विद्यादेवी भडारीले निश्पक्ष निर्णय नगरेकाले कांग्रेसबाट उम्मेदवारी दर्ता गराउनु परेको बताउनुभएको छ ।

कुमारी लक्ष्मी राईको उम्मेदवारी दर्ता गराउन पुगेका नेता कोइरालाले पछिल्लो समय राष्ट्रियसभामा कांग्रेसले सिफारिश गरेका उम्मेदवारलाई मनोनयन नगरेर भण्डारी पार्टीपट्टी ढल्किएकाले कांग्रेसले उम्मेदवारी दर्ता गराएको बताउनुभयो ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले भडारीकाे राष्ट्रिपतिको भूमिकामा निश्पक्षता नभएकाले कांग्रेस राष्ट्रतिको उम्मेदवारी दर्ता गराउन बाध्य भएको जिकीर गर्नुभयो ।