Breaking News

नागढुङ्गामा लागु औषधसहित ४ जना पक्राउ

By Peoplesdailynepal

March 08, 2018

फाल्गुन २४ काठमाडौं । महानगरिय प्रहरी प्रभाग नागढुङ्गाले लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दीवास महोत्तरीका २३ वर्षिय ओम पण्डित, सिन्धुली खुर्कोटका २० वर्षिय कौशल थापा, सप्तरी खर्चुवाका विक्रम चौधरी र सिन्धुपाल्चोक चौताराका विजय भण्डारी छन् ।

उनीहरुबाट नुफिन २० एम्पुल, फार्नागन र याईजाल्याब २०–२० एम्पुल बरामद गरेको प्रहरी निरीक्षक केशव भट्टले बताए । उनीहरु चारैजना रौतहटबाट बा ६ ख ६८०९ नम्बरको ट्रकमा काठमाडौं आइरहेका थिए ।