Breaking News

भोलि र पर्सी बन्द भन्दै ‘नटेर्नेले बेलुका आफै सोच्नुहोला’ भन्ने रञ्जित पक्राउ

By peoplesdailynepal

March 08, 2018

काठमाडौं, २४ फागुन, । बन्दको प्रचार गर्दै हिँडेका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले बिहीबार दिउँसो न्यूरोडबाट पक्राउ गरेको हो । फागुन २५ र २६ गते नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको गुनासो आएपछि उनलाई पक्राउ गरिएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । उनीमाथि थप अनुसन्धान थालिएको छ ।

पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहले फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरेको हौवा फैलाएको थियो । उक्त समूहले ४ बुँदे माग तेर्साएको थियो । जनयुद्ध र जनआन्दोलनका घाइतेहरुलाई निशुल्क उपचार गरौँ, पूर्व लडाकुलाई राष्ट्रिय सम्मान सहितको प्रमाण पत्र पेन्सन सहितको व्यवस्था गरौँ लगायतका माग गख्दै बन्दको आह्वान गरेको उक्त समूहले जनाएको थियो ।

२५ र २६ गते हुने बन्दको अवज्ञा गरे बेलुका आफैले सोच्नुहोला ! उक्त बन्दको प्रर्चामा लेखिएको थियो ।