फागुन-२४, पोखरा/ पोखरा लेखनाथ महानगरपालिका लगायतका विभिन्न क्षेत्रहरुमा संचालित भाडाका निम्न ट्याक्सी चालकहरुले मिटरमा नचलाई आफुखुसी भाडा असुल गरी ठगी गरेको सुचनाको आधारमा प्रहरीले १० ट्याक्सी पक्राउ गरेको छ ।
प्रहरीद्वारा जारि विज्ञप्ति :
पोखरा लेखनाथ महानगरपालिका लगायतका विभिन्न क्षेत्रहरुमा संचालित भाडाका निम्न ट्याक्सी चालकहरुले मिटरमा नचलाई आफुखुसी भाडा असुल गरी ठगी गरेको सुचनाको आधारमा यस कार्यालय तथा मातहत समेतबाट खटिएकोनियन्त्रण तथा अनुगमन/ सुपरिवेक्षण लागी Consumer Protection squad टोलीले निम्न मिति निम्न नंम्बरका निम्न चालकहरु चेकजाँचको क्रममा प्रकाउ गरी नियन्त्रणमा लिई आबश्यक कार्बाहीको लागी यातायत ब्याबस्था कार्यालय गण्डकी पोखरामा पठाईएको छ ।
निम्न
मिति २०७४।११।२३ गते
- जि.कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं १७ बस्ने ग१ज ३५०६ नं को ट्याक्सी चालक मान बहादुर तामाङ
- जि.कास्की अन्नपुर्ण गाउपालिका बडा नं ३ बस्ने ग१ज १९२१ नं को ट्याक्सी चालक बालहरी भण्डारी
- जि.कास्की अन्नपुर्ण गाउपालिका बडा नं ९ बस्ने ग१ज ४१२० नं को ट्याक्सी चालक कृष्ण बहादुर थापा ।
- जि.कास्की अन्नपुर्ण गाउपालिका बडा नं १७ बस्ने ग१ज २१२१ नं को ट्याक्सी चालक बिनोद काप्री ।
- जि.कास्की अन्नपुर्ण गाउपालिका बडा नं ५ बस्ने ग१ज ४०७७ नं को ट्याक्सी चालक सुरज बहादुर दुवाडी
- जि.कास्की अन्नपुर्ण गाउपालिका बडा नं ५ बस्ने ग१ज ३६१९ नं को ट्याक्सी चालक अर्जुन बि.क.
मिति २०७४।११।२४ गते
- जि.कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं १३ मियापाटन बस्ने ग१ज ३५४५ नं को ट्याक्सी चालक गणेश ब. श्रेष्ठ
- जि.कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं ८ बस्ने ग१ज २३९० नं को ट्याक्सी चालक दिनेश कुमार श्रेष्ठ ।
- जि.कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं १० बस्ने ग१ज २७७८ नं को ट्याक्सी चालक याम बहादुर गुरुङ ।
- जि.कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं २ बस्ने ग१ज ३७१५ नं को ट्याक्सी चालक गोबिन्द्र शाही ।
पुनश्च-अनुगमनको क्रममा पुन: मिटरमा नचलाएको भेटिएमा कानुन बमोजिम कार्बाही गरिनुका साथै मिटरमा जान नमान्ने र वार्गेनिङ गरी जवरजस्ती गरेमा प्रहरी कण्ट्रोल रुम १००,९८५६०३९५९९ कार्यालय प्रमुखको ९८५६००५५५५ र ट्राफिक प्रहरी कण्ट्रोल रुमको हटलाईन नं. १०३ मा सम्पर्क गर्नु हुन सवैमा अनुरोध गरिन्छ । यसको नियन्त्रण तथा अनुगमनको लागी Consumer Protection squad टिम गठन गरीएको । र ट्याक्सी मिटरमा नचलाई ठगी गरेको जनगुनसो आएमा कानुन बमोजिमको कार्बाही गरिनु साथै टिमद्धारा समय समयमा छड्के चेकजाँच समेत गरिने छ ।