बाल संसार

धि वच द्वारा अबाकस प्रदर्शन

By peoplesdailynepal

March 08, 2018

फागुन २४, कुश्मा/  शैक्षिक क्षेत्रमा गुणस्तरीय परिवर्तन ल्याउनको लागि स्थापित धि वच लर्निङ मार्टले यहाँस्थित एक विद्यालयमा अबाकस (abacus) शिक्षाको प्रदर्शनी गरेको छ । कालीगण्डकी एकेडेमीको २२ औँ वार्षिकोत्सब एवं अभिवावक दिवसको अवसरमा धि वच ले उक्त प्रदर्शनी गरेको हो ।

प्रदर्शनीमा मार्टले कालीगण्डकी एकेडेमीका कक्षा ४ का विद्यार्थीहरुलाइ संग्लग्न गराइ परिक्षण गरेको थियो । परिक्षणका क्रममा बुधबार ४० मिनेटको कक्षा लिइ आज उक्त प्रदर्शन गरेको हो । परिक्षणपछि विद्यार्थीहरुमा उल्लेख्य उपलब्धि भएको पाइएको थियो । अबाकस (abacus)कोर्षको सहजीकरण मार्टका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशिक्षक अनिल लामिछानेले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले अहिलेको समसामयिक सन्दर्भमा विद्यालयस्तरमा यस्ता कार्यक्रम लागू गर्नु अहिलेको सन्दर्भमा अतिआवश्यक रहेकोले शैक्षिक विकासको लागि नगरपालिका मा यस्ता कार्यक्रम लागू गर्न आवश्यक पहल गर्ने जनाउनुभयो ।

त्यस्तै पर्वत जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेलले अबाकसजस्ता कार्यक्रम समयसापेक्ष रहेका कारण यस्ता कार्यक्रमले जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण भुमिका खेल्नेहुँदा नियमित शिक्षण सहित यी र यस्ता कार्यक्रम अनिवार्य रहेको बताउनुभयो । द्वि वज लर्निङ मार्टका निर्देशक इ. सन्देश पराजुलीले अबाकस कोर्ष बौद्धिक क्षमता अभिवृद्धि गरि विद्यार्थीको सिकाइ विकास गर्न महत्वपूर्ण रहेकोले विद्यार्थीको समग्र बौद्धिक एवं शैक्षिक विकासलाई समेट्ने बताउनुभएको थियो ।

त्यस्तै मार्टका निर्देशक अच्युत पौडेलले छिट्टै नै मार्टले धौलागिरी अञ्चलमा सेवा दिनको लागि कुश्मामा शाखा विस्तार गर्न लागिएको बताउनुभयो । कार्यक्रम विस्तार गरि शैक्षिक गुणस्तर अझै प्रभावकारी बनाउने उद्देश्य राखी एकेडमीका प्राचार्य एवं प्याब्सन पर्वतका अध्यक्ष बसन्त कुमार कर्माचार्यको सहयोगमा एवं दीपेन्द्र सुवेदीको पहलमा उक्त प्रदर्शन गरिएको थियो ।