Breaking News

उद्दार समयमा भएको भए, केहिको ज्यान जोगिन सक्थ्यो, दमकल भन्दा सेना छिटो

By peoplesdailynepal

March 12, 2018

काठमान्डौ, फागुन-२८, अवतरणका क्रममा अनियन्त्रित भई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको यूएस बंगलाको विमानबाट ४९ जनाको शव निकाली सकिएको छ विमान किन र कसरि दुर्घटना भयो भन्ने प्रश्नमा कन्ट्रोल रुमको आदेश विपरीत ल्याण्ड भएकोले दुर्घटना भएको विमानस्थल प्रशासनले बताएको छ । सम्पूर्ण रुपमा उद्दार भईसके पछी घटनाको कारण र अन्य विवरण आऊलान् नै तर विमानस्थलको एउटा कमजोरी प्रत्यक्षदर्शीले औल्याएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार विमान अनियन्त्रित भई लडेपछी कालो धुवाँको मुस्लो आएको थियो र एकछिनमा दनदनी ठुलो आगो बलेको थियो ! आगलागी भईसकेपछी उद्दारका लागि तत्कालै पुग्नु पर्ने दमकल त्यहाँ पुगेको थिएन । आगो लागेकाले दमकल समयमै पुगेको भए केहि थपको समयमै उद्दार हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् ! एक प्रत्यक्षदर्शीले भने, “दमकल भन्दा सेना छिटो पुग्यो, दमकल गएको भए आगो केहि नियन्त्रणमा आउथ्यो होला र केहि थप मान्छे बाच्न पनि सक्थे” ।