Breaking News

कार दुर्घटनामा एकको मृत्यु, तीन घाइते

By Peoplesdailynepal

March 13, 2018

धादिङ — चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा सोमबार राति कार दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ  । तीन जना घाइते छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार धादिङबाट पोखरा जाँदै गरेको बा १२ च ४६१५ नम्बरको कार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु खण्डको चुम्लिङटारस्थित सडक किनारामा राति ३ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा कारमा सवार धादिङ थाँक्रेका २४ वर्षीय सरोज सुवेदीको मृत्यु भएको हो। गम्भीर घाइते भएका सुवेदीको भरतपुरमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कार चालक धादिङ जुंगेखोलाका २४ वर्षीय अनुप सिंह, बेनीघाटका २१ वर्षीय महेश श्रेष्ठ र धुनिबेँसीका २४ वर्षीय शरद रोक्का घाइते छन्। रोक्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। तीनै जनाको भरतपुरमा उपचार भइरहेको छ।