फागुन ३०,काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले अाज (बुधबार) पद तथा गोपनियताको शपथ लिने भएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार अपरान्ह ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । तर, कोबाट शपथ लिने भन्ने विषयमा अन्यौलता भने कायमै रहेको छ ।
संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशले शपथ खुवाउने प्रावधान भएपनि पछिल्लो विवादका कारण केही समस्या देखा परेको छ । सर्वोच्च र बारभित्रैबाट नैतिक प्रश्न उठाइएका पराजुलीबाट शपथ नलिने कतिपयको सुझावका कारण राष्ट्रपति दोधारमा परेकी छन् ।
भण्डारी दोस्रो कार्यकालको लागि मंगलबार दुई तिहाई मतका साथ निर्वाचित भएकी थिइन् ।