Breaking News

आजबाट पंचायतकालिन शासन व्यबस्था “पंचायत” देशैभरी

By Peoplesdailynepal

March 16, 2018

चैत २,पोखरा || पंचायतकालिन शासन व्यबस्था र सुदुरपश्चिममा बिद्यामान छाउपडी प्रथालाई मुख्य बिषयबस्तु बनाइएको फिल्म “पंचायत” आजबाट प्रर्दशनमा आएको छ ।

२०३१ सालको कथा बोल्ने फिल्ममा नीता ढुंगाना मुख्य भुमिका रहेकी छन् । १४ बर्षे कोपिलाको भुमिका निभाएकी निताको अभिनयलाई धेरैले तारिफ गरेका छन् । केहि दिन अघि काठमाण्डौंमा गरिएको भिआइपि प्रिमियर शोमा फिल्म हेर्न पुगेका पूर्ब प्रधानमन्त्रीद्धय प्रचण्ड र झलनाथ खनाले पनि निताको फ्यान भएको प्रतिक्रिया दिएका थिए । यसले पनि निताको अभियन साच्चिकै ओजनदार छ भन्ने कुरालाई प्रमाणित गर्दछ । स्वयंम नितापनि आफुले गरेका फिल्महरु मध्य सबैभन्दा बढि मिहेनत र आशा गरेको फिल्मको रुपमा पंचायत भनिरहेकि छन् ।

पंचायतकालिन शासन व्यबस्था मात्रै होइन पहिलो पटक रजस्वला हुँदा २२ दिनसम्म कुनै किशोरीले सुर्यको किरणसम्म देख्न नपाउने गरी गोठमा दिन बिताउन पर्दाको पीडा (छाउपडी प्रथा) भोग्ने किशोरीको भुमिकामा प्रस्तुत भएकी नीताले पात्रलाई न्याय गर्दै पस्केको जीवन्त अभिनयलाई प्रिमियरमा फिल्म हेर्ने शिर्ष नेता.मन्त्री,पूर्ब सभामुख,अग्रज कलाकार लगायतले‘शब्दमा बयान गर्न नमिल्ने’ भने दिएको प्रतिक्रियाले नै फिल्म कस्तो छ भन्ने बारे प्रस्ट्याउछ ।

फिल्मको कथा र निताको जिवन्त अभिनयका कारण अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको ‘सान्फ्रान्सिस्को फिल्म फेस्टिभल’मा विदेशी भाषाको २१६ वटा चलचित्रलाई उछिन्दै उत्कृष्ट अवार्ड पाएको थियो ।

दर्शकले झोलापछि मौलिक नेपालीपनको फिल्म हेर्न पाएका छैनन् । त्यो भोक अब पंचायतले मेटाउने बिश्वास निर्माण टिमको छ ।

शिबम् अधिकारीको निर्देशनमा बनेको फिल्ममा नीतासँगै सरोज खनाल, गणेश गिरी, गीता अधिकारी, रुपा राना, विशाल पहारी, किरण थापा, जानवी बस्नेत लगायत मुख्य भुमिकामा रहेका छन् । गणेश गिरी प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता रवि अधिकारी हुन् । सुशान्त कुमार श्रेष्ठ र शंकर प्रसाद सुवेदीले लगानीमा साझेदारी गरेका छन् । कथा निर्देशक अधिकारीको नै छ ।