Breaking News

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई मन्त्री बिष्टले लिए यस्तो एक्सन

By Peoplesdailynepal

March 20, 2018

काठमाडौं– श्रम तथा रोजगारमन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारका क्षेत्रमा आफ्नै पार्टीका कार्यकर्ता भए पनि अनियमितता र ठगी गर्ने कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने बताएका छन्।

मन्त्री विष्टले त्यस्तो खराब काम गर्नेबारे संस्थागत र व्यक्तिगत उजुरी दिन पनि आग्रह गरे।

यस क्षेत्रलाई नियमन र व्यवस्थापनका लागि दैनिक उजुरी सुनुवाइको व्यवस्था गरिएको र श्रम स्वीकृतिका लागि प्रदेश नम्बर १ को इटहरी र प्रदेश नम्बर २ को धनुषामा नयाँ कार्यालय खोलिएको समेत उनले जानकारी दिए।