झापा । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको निर्माणाधीन भवन गुणस्तरहिन रहेकाे पाइएको छ । पाँच करोड ५२ लाख ५८ हजार २ सय ३९ रुपैयाँ ८७ पैसाको लागतमा दी कञ्चनजंघा र कञ्चनजंघा जेभी काठमाडौंले भवन निर्माण सुरु गरेका थिए । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले ६ करोड ९३ लाख १० हजार ६ सय ४५ रुपैयाँ ५ पैसाको अनुमानित लागतमा भवन निर्माणका लागि टेण्डर आवह्रान गरेको थियो । टेण्डर पारेर निर्माण सुरु गरेको जेभीले गुणस्तरहित सामग्री प्रयोग गर्दा निर्माण नसक्दै भत्किन थालेपछि निर्माणाधीन भवन गुणस्तरहिन भएको पाइएको हो ।