Breaking News

पोखरा विश्वविध्यालयमा अनेरास्ववियुले यसकारण स्ववियु जित्छ : ई.सुनिल तिमिल्सिना

By Peoplesdailynepal

March 31, 2018

महेन्द्र पौडेल, पोखरा चैत १७/ पोखरा विश्वविध्यालयमा स्ववियुको चुनावको रौनक बढेको छ . विद्यार्थी संगठनका तुल, ब्यानर र झन्डाले क्याम्पस रंगीचंगी देखिएको छ । बिहानको चियादेखि दिउँसोको खाजासम्म विद्यार्थीबीच चुनावकै विषयमा छलफल चल्छ । क्याम्पसमा एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी निकट अखिल क्रान्तिकारी र संघीय समाजवादी फोरमनिकट विद्यार्थी संगठन अस्तित्वमा छन् । प्रमुख तीन विद्यार्थी संगठनले धमाधम चुनावको प्रचारप्रसार थालेका छन् । अनेरास्ववियु, नेविसंघ र क्रान्तिकारीले पोखरा लेखनाथ महानगरपालिकाको ढुंगेपाटनमा रहेको केन्द्रीय क्याम्पस गेटअगाडि सम्पर्क कार्यालय खोलेका छन् ।

विद्यार्थी संगठनले एक्लाएक्लै चुनावी प्रचारप्रसार थालेका छन् । अनेरास्ववियुले भने केन्द्रीय क्याम्पस समिति अध्यक्ष ई.सुनील तिमिल्सिनालाई सभापतिको उम्मेदवारका रूपमा अगाडि सारेको छ । बलियो संगठन र हामीले पोखरा विश्वविध्यालयमा गरेका काम नै हाम्रो संगठनका साथीहरुका लागि जितको आधार रहेको तिमिल्सिनाको भनाइ छ । उनले भने हामीले धेरै गरेर देखाउनु छ । पीपुल्स डेली नेपाल संग कुरा गर्दै भने हामीले हाम्रो कार्यकममा

माथि उल्लेखित कामहरु आफ्नो कार्यकालमा काम गरेर देखाउने तथा अन्य संगठनका साथीहरु संग पनि सल्लाह गरि पोखरा विश्वविध्यालयलाई एसियाकै नमुना विश्वविध्यालयको रुपमा स्थापित गर्नका लागि आफुले अनेरास्ववियुबाट सभापतिमा उमेद्वारी दिएको र जित पनि निश्चित रहेको ई.सुनिल तिमिल्सिनाले बताए  ।