Breaking News

गाडीमा गीत बजाऊनु हुन्छ ? अब तिर्नुपर्छ रोयल्टी

By peoplesdailynepal

April 02, 2018

चैत्र १९ पोखरा ।भाडाका गाडीले गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो । रोयल्टी रकम सवारी साधन दर्ता तथा नवीकरण गर्दा तिर्नुपर्नेछ । विभागका महानिर्देशक रुपनारायण भट्टराईले सार्वजनिक यातायातमा गीतसंगीत अत्याधिक बज्ने भएकाले स्रष्टालाई राहत प्रदान गर्न रोयल्टीको व्यवस्था गरिएको बताए ।

उनका अनुसार लामो समयदेखि गीत संगीतका स्रष्टाले रोयल्टी माग गर्दै आएका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।