पोखरा, १९ चैत । पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक चलाउन प्रतिबन्ध लगाइएको छ ।
पोखरा लेखनाथ महानगरपालिकाको वाइफाइ कनेक्सनबाट नेट चल्ने कम्युटर, मोवाइल, ल्यापटपमा महानगरपालिकाले आइतबार देखि कार्यालय समयमा फेसबुक नचल्ने बनाएको हो ।
कार्यालय समयमा कर्मचारीले फेसबुक चलाउदा सेवाग्राहीको काममा बाधा परेको भन्दै सर्भरबाट कार्यालय समयमा फेसबुक नचल्ने बनाएको महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
कर्मचारी कामभन्दा फेसबुकमा बढी अभ्यस्त हुन थालेको व्यापक जनगुनासो आएपछि महानगरले सर्वरबाट बन्द गर्नु परेको उनले बताए ।