लामो समयदेखि क्यान्सर रोगले पीडित वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भकानिएर रोए । रोइरहेका मदनकृष्णलाई उनका महजोडी का ह हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए ।
यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो थियो । यशोधाको उपचारका क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । उनको गएराती ११ बजे निधन भएको हो ।