साउन-१६, पोखरा विश्वदर्शन पराजुली वडा प्रहरी कार्यालय बैदामद्वारा आज साँझ पोखरा लेकसाईडमा ठुलो मात्रामा लागुऔसध बरामद गरेको छ ! लेकसाइड-६, पोखरा खहरेमार्ग पस्चिमान्चल होटल संघको कार्यालय अगाडी श्री तारकेश्वर तन्दुरी नान हाउस बाट प्रहरीले ८ प्याकेट चरेश जस्तो लागु औसध बरामद गरेको हो ! उक्त होटल संचालकलाई हिरासतमा लिएर अहिले प्रहरीले घटनास्थल बाट मुचुल्का तयार पारिरहेको छ !
पलास्टिकले बेरेर झोलामा राखको अवस्थामा प्रहरीले पक्राऊ गरेको वडा प्रहरी कार्यलयका नवनियुक्त प्रहरी निरीक्षक बसन्त शर्माले जानकारी दिए !