Breaking News

गाईको संरक्षण माग गर्दै आएका हिन्दूवादी माथि गोली प्रहार

By peoplesdailynepal

April 08, 2018

विरानगरको जतुवामा गोली प्रहार गरेर गाईको संरक्षण गर्दै आएका हिन्दूवादी युवा अभियानकर्ता आचार्य श्रीनिवासलाई घाइते बनाइएको छ ।आइतबार बिहान पौने तीन बजे नचिनेका मानिसको समूहले चलाएको गोली लागेर हिन्दू राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवास घाइते भएका हुन् । बिहान सौच गर्न निश्किएका बेला गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

जतुवामा बस्दै आएका आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका दुईजनाको समूहले तीन राउण्ड गोली प्रहार गरेको थियो । एउटा गोली श्रीनिवासको छातीमा लागेको छ । उनको विराटनगरस्थित न्युरो अस्पतलामा उपचार भइरहेको छ । जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद् भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको छ । गोली प्रहार भएको स्थानमा हिन्दू धर्मका दलाहरू खबरदार लेखिएको पर्चा भेटिएको छ ।

केही दिनअघि रामनवमीको अवसरमा आचार्य श्रीनिवासलाई भेट्न पूर्वराजा विराटनगरमा रहेको राम मन्दिर गएका थिए । श्री निवासाचार्यलाई गोली प्रहार गर्ने समूहलाई पक्राउ गरेर तत्काल कारबाही गर्न हिन्दूवादी संघ संस्थाले माग गरेका छन् । कांग्रेसका हिन्दूवादी युवा नेता विकास ठाकुरले हिन्दू धर्मलाई आक्रमण गर्न श्री निवासाचार्यमाथि गोली प्रहार भएको आरोप लगाए । उनले दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।