Breaking News

प्रचण्डले केपी ओलीलाई टेलिफोनबाट टिपाए दुई प्रहरीको आईजिपीको नाम

By peoplesdailynepal

April 10, 2018

काठमाण्डु, २७ चैत– दुवै प्रहरी संगठनमा नयाँ आईजिपी नियुक्तिबारे निर्णय गर्न बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी रहँदा गृह मन्त्रालय सम्हालेको माओवादीले आफ्नो रोजाइको नाम प्रधानमन्त्री केपी ओलीलाई दिएको छ ।

माओवादीबाट सरकारको नेतृत्व गरेका रामबहादुर थापा बादल गृहमन्त्री छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई टेलिफोन गरी नेपाल प्रहरीमा डिआईजी सर्वेन्द्र खनाल र सशस्त्रमा एआईजी शैलेन्द्र खनाललाई आईजिपी बनाउन सिफारिस गरेका हुन् ।

स्रोतका अनुसार दुईवटै प्रहरी संगठनमा दुई खनाल वरियताको पहलो नम्बरमा रहेकाले वरियता नमिच्न ओलीलाई प्रचण्डको सुझाव छ । विगतमा नवराज सिलवाललाई वरियताका आधारमा प्रहरी महानिरीक्षक बनाउनुपर्ने आवाज उठाएका ओली आफैं प्रधानमन्त्री भएका बेला वरियता मिचिँदा जनतामा खराब सन्देश प्रवाह हुने तर्क प्रचण्डको रहेको खुमलटार स्रोतले जनाएको छ ।

‘नवराज सिलवाललाई महानिरीक्षक नबनाएको विषयलाई तत्कालिन प्रमुख प्रतिपक्ष एमालेले संसदको एजेण्डा बनाएको थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै उनका एक सहयोगीले भने, ‘अहिले एमालेका अध्यक्ष प्रधानमन्त्री भएका बेला वरियता मिचिँदा जनता र प्रहरी संगठनमै राम्रो पर्दैन ।’

प्रधानमन्त्री ओली भने नेपाल प्रहरीमा नवराज सिलवाल र सशस्त्रमा पुष्पराम केसीलाई महानिरीक्षक बनाउने मनस्थितिमा रहेको दाबी स्रोतको छ । सिलवाल र केसी दुवै आ–आफ्नो संगठनमा दोश्रो वरियतामा छन् । Kathmandutoday.com बाट