Breaking News

राजनीति गरेर ठग्ने कर्मचारीलाई लालबाबुले दिए यस्तो चेतावनी

By peoplesdailynepal

April 10, 2018

काठमाण्डु, २७ चैत – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको कार्यक्षेत्रमा जान कर्मचारीलाई दोस्रो पटक पत्रचार गरेको छ । अघिल्लो पटक दिएको निर्देशनलाई अटेर गर्दै अघिकांश कर्मचारी अझै पनि केन्द्रमै रहेको पाइएपछि सम्वन्धित निकायलाई पत्राचार गरिएको मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

अघिल्लो निर्देशन अटेर गर्ने कर्मचारीहरुबारे खोज भईरहेको मन्त्री पण्डितको भनाई छ । कर्मचारी संगठनको आड र राजनीतिक पहुँचको भरमा सरकारी निर्देशन अटेर गर्ने कर्मचारी विरुद्ध सरकार अब कडा रुपमा प्रस्तुत हुने मन्त्री पण्डितले चेतावनी दिए ।

उनले भने, ‘कर्मचारीको हाजिरी जाँच भईरहेको छ अब अटेर गर्ने कर्मचारीलाई मात्रै होइन, निर्देशन पालना गर्न नसक्ने विभागीय हाकिमलाई पनि कारवही गर्छु ।’

मुलुक संघीयतामा गईसकेपनि निजामति कर्मचारीहरु भने सरकारले तोकेको स्थानीय तहमा जान आनाकानी गरेपछि प्रशासनिक सेवा भने प्रभावित हुँदै आएको छ ।