Breaking News

फुली लगाउन पाएनन् नव नियुक्त आईजीपीले

By peoplesdailynepal

April 11, 2018

काठमाण्डु, २८ चैत – नव नियुक्त प्रहरी प्रमुख सर्वेन्द खनाल र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले आजै कार्यभार समाल्दैछन् । नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण अवकाश पाउने भएपछि मंगलबार सरकारले दुबै संगठनका प्रमुख नियुक्त गरेको हो ।

दुवै आईजिपीले फूली भने बिहिबार लगाउने छन् । गृह मन्त्रालयले बिहिबार बिहान फुली लगाउने कार्यक्रम राखेको जनाएको छ । गृहसचिवले नवनियुक्त आईजिपीलाई फूली लगाइदिने प्रचलन छ । नेपाल प्रहरीका महानिरीक्षकसहित १५ जना एआईजी, ९ जना डिआईजी र एक जना एसएसपीले आजबाट अवकाश पाउँदैछन् ।

अवकास पाउने सबै अधिकारीलाई एकैपटक बिदाई गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ । अवकास हुन लागेका एआइजीहरुमा जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजय भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङमार लामा, मधु पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायष्थ, माधव जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ, पशुपति उपाध्याय रहेका छन् ।

डिआइजीहरुमा केदारमानसिंह भण्डारी, गणेश केसी, सुदीप आचार्य, रमेश रञ्जित, रोमेन्द्रसिंह देउजा, गोविन्द निरौला, भोगबहादुर थापा, पुष्प रञ्जित र पुस्कल रेग्मी रहेका छन् । उनीहरुसँगै दुई एसएसपी पनि अवकाश पाउँदैछन् । १५ जना एआइजीले अवकाश पाएसँगै नेपाल प्रहरीमा एक जना मात्र प्राविधिकतर्फका एआइजी रहने छन् ।