Breaking News

डाक्टरले आफ्नै वीर्य प्रयोग गरेर महिलाहरुलाई गर्भवती बनाएपछि……..

By Peoplesdailynepal

April 11, 2018

बीबीसी। क्यानडाको एक प्रजनन डाक्टरमाथि गर्भाधारणको लागि आफ्नै वीर्य प्रयोग गरेको आरोप लगाउदै दर्जनौं मानिसहरुले मुद्दा हालेका छन् ।

डाक्टर नरमन ब्राविनमाथि पछिल्लो वर्ष नोभेम्बरमा मुद्दा हालिएको थियो । डीएनए जाँचका क्रममा नरम्यानसँग जचाउन आएकी एक महिलाकी छोरीको पिता नरम्यान भएको पत्ता लाग्यो ।

यसको अतिरिक्त ११ जना मानिसहरुले नरम्याननै तिनका सन्तानको असली पिता भएकोे दावी गरेका छन् । अलग अलग रुपमा नरम्यान विरुद्ध ५० जनाले उजुरी हालिसकेका छन् । आफ्नो सन्तानको डीएनए तिनले छानेर दिएको वीर्यको डीएनए भन्दा फरक भएको आरोप लगाएका छन् । डा. नरम्यान विरुद्ध १९७० को बेलादेखीको उजुरी परेको छ ।

यो ममला ओटावा र ओन्टारियाका दुई प्रजनन क्लिनिकको हो । डा. ब्राविनका वकिल केरान ह्याम्वेले यस आरोपहरुमाथि प्रेससँग टिप्पणी गर्न अस्वीकार गरे ।

उनको प्रजनन क्लिनिक गएका अन्य ११ जनाले आफ्नो सन्तानको डीएनए जाँच गर्दा डाक्टरको डीएनएसँग मिलेकाले नरम्यानले गर्भाधारणको क्रममा आफ्नै वीर्य प्रयोग गरेको पत्ता लागेको बताएका छन् ।

एक अलग्गै मुद्दामा १६ जना मानिसहरुले तिनको सन्तानको असली पिता आफूले छनौट गरेको भन्दा फरक भएको पत्ता लागेको भन्दै उजुरी गरेका छन् । यो कुरा तिनले डीएनए टेस्ट गराउदा पत्ता लागेको थियो । तथापी वकिलहरुको यीनको जैविक पिता को हो भनेर पत्ता नलागिसकेको बताएका छन् ।

यसको अलावा ३५ अन्य मानिसहरुले आफूले छनौट गरेको वीर्यसँग तिनको सन्तानको डीएनए मेल नखाएको भनेर उजुरी गरेका छन् ।

नोभेम्बरमा ड्यानियल र डेविना डिक्सनसँग मिलेर उनकी छोरी रिबेकाले डाक्टर विरुद्ध उजुरी दर्ता दिएपछि यो घटना बाहिर आएको थियो । यो जोडीले आफ्नो छोरी रिबेकाको डीएनए जाचँ गर्दा उनको जैविक पिता डाक्टर नरम्यान आफै भएको पत्ता लागेको थियो ।

यीनले सन् १९८९ मा डा. नरम्यानलाई गर्भाधारणको लागि भेटेका थिए र ठीक एक वर्ष पछी रिबकाको जन्म भएको थियो । डेविनालाई छोरी रिबेकाको आखाको रङ्ग खैरो देखेपछि नै केही गडबढीको शंका लागेको थियो । उनको श्रीमान डिक्सनको आखाँको रङ्ग भने निलो छ ।

एजेन्सी