भाद्र-२, पोखरा विश्वदर्शन पराजुली
सामाजिक सेवामा अग्रसर संस्था रोटर्याक्ट नेपाल डिस्ट्रिक्ट ३२९२ नेपाल, भुटान अन्तर्गत रोटर्याक्ट जोन ४ ले आज आफ्नो जोन अन्तर्गतका क्लबहरुको सहभागितामा रोटर्याक्ट क्लब अफिसर्स ट्रेनिंग सेमिनार सम्पन्न गरेको छ ! गण्डकी मेडिकल कलेज अर्घौ कास्कीमा सम्पन्न उक्त सेमिनारमा १०५ जना रोटर्याक्टर हरुको सहभागिता रहेको कार्यक्रमका अध्यक्ष तथा जोन ४ का जेड.आर.आर दिपेन्द्र बहादुर घिमिरेले बताए !
आफ्ना जोन अन्तर्गतका सम्पूर्ण सदस्यहरुलाई रोटर्याक्ट गतिविधिमा अझ बढी क्रियाशिक बनाउनका लागि उक्त तालिमको आयोजना गरिएको बताऊँदै घिमिरेले भने, “आफ्नो व्यक्तित्व, आफ्नो क्लबको चौतर्फी विकाश संगै समाजसेवामा निरन्तर लाग्न यो कार्यक्रम सबै सहभागी रोटर्याक्टर हरुको लागि कोशेढुंगा हो “ !
कार्यक्रमका मुख्य प्रशिक्षक तथा रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल, भुटानका डिस्ट्रिक्ट लिडरशिप ट्रेनर तथा जोन ४ का पुर्व जेड.आर.आर सन्जिब पौडेलले बाढीपिडितका लागि सक्दो सहयोग गरेकोमा सम्पूर्ण क्लब र क्लबका सदस्यहरुलाई धन्यवाद दिदैं रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ निरन्तर समाजसेवामा लाग्नु पर्ने र रोटर्याक्ट बारे सम्पूर्ण जानकारी लिन यस्तो कार्यक्रम सबै क्लबमा आन्तरिक तथा बाह्य क्लबहरु को सहभागिता हुनुपर्नेमा जोड दिए !
रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ जोन ४ का सचिव सुजन बरुवालले संचालन गरेको उक्त कार्यक्रममा रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ जोन ४ का पुर्व जेड.आर.आर उपेन्द्र पौडेल, पुर्व जेड.आर.आर सृजना भुर्तेल, पुर्व जेड.आर.आर हरि प्रसाद ढुंगाना प्रशिक्षक रहेका थिए भने सोहि जोन अन्तर्गतको क्लब रोटर्याक्ट क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष अनिल लामिछानेले रोटर्याक्ट नेपालको चालु वेवसाईट र सफ्टवेयर प्रयोगका बारेमा प्रस्ट पारेका थिए !
कार्यक्रममा स्वागत मन्तव्य अमृत काफ्लेले राखेका थिए भने भोट अफ थ्यांक्स रोनिया गुरुङले दिएकी थिईन र कार्यक्रम अवधि भर समय सूचकको रुपमा मिलन पौडेल रहेका थिए ! कार्यक्रमको समापानमा रोटर्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल, भुटान जोन ४ का जेड.आर.आर तथा कार्यक्रमका अध्यक्ष दिपेन्द्र बहादुर घिमिरेले आगामी भाद्र ३० र ३१ गते देश भरिका रोटर्याक्टर अध्यक्ष र सचिवहरुको बैठक तथा देश भरिका रोटर्याक्टरहरुको भेला पर्वतमा हुन गईरहेको जानकारी गराऊँदै सबैलाई उक्त कार्यक्रममा स्वागत गरेका थिए !!