Breaking News

आकस्मिक गर्भनिरोधक प्रयोग गर्नेमा क्याम्पस पढ्ने युवती धेरै

By peoplesdailynepal

April 11, 2018

२०–२५ वर्षकी युवती औषधि पसलमा आइन्। व्यापारीसँग उनले भनिन्, ‘दाइ इकोन दिनुस् न।’ पसलेले इकोन सकिएको भन्दै त्यसको विकल्पमा अर्काे औषधि दिए।

युवतीले पसलमै पानी मागेर औषधि खाइन्, दुईवटा किनेर झोलामा राखेर हिँडिन्। व्यापारीका अनुसार केही समयअघिसम्म यौन व्यवसायीले यो औषधिको बढी प्रयोग गर्थे। पछिल्लो समय बिर्तामोडका औषधि पसलमा इकोनलगायत आकस्मिक गर्भनिरोधक औषधि बढी बिक्नेमा पर्न थालेको छ।यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

यस्ता औषधि प्रयोगकर्ता विवाहितभन्दा पनि अविवाहित बढी रहेको औषधि पसल सञ्चालक बताउँछन्। उनका अनुसार कन्डम, पिल्स, कपर्टी, संगिनी सुई विवाहितले प्रयोग गर्छन् भने इकोनसँगै आकस्मिक गर्भनिरोधक प्रयोग गर्नेमा क्याम्पस पढ्ने धेरै छन्। अधिकांश युवती आफै आउँछन् भने कोही युवाले पनि इकोन माग्ने गरेको व्यापारीको भनाइ छ। नेपालखबरबाट