कास्की

एमाले प्रमुख सचेतक अधिकारीद्धारा दुई बिपन्न बिद्यार्थीको अभिभावकत्व ग्रहण

By peoplesdailynepal

April 18, 2018

सुशन घिमिरे , पोखरा । देशैभर बिद्यालय भर्ना अभियान चलिरहेका बेला नेकपा एमाले संसदिय दल प्रमुख सचेतक खगराज अधिकारीले दुई जना बिपन्न बिद्याथीलाई भर्ना गराउँदै उनिहरुकोे अभिभाकत्व ग्रहण गर्नुभएको छ । अधिकारीले आफ्नो जन्मथलो बेगनासमा रहेको आनन्द ज्योती माध्यमिक बिद्यालयमा यमन सुनार र सौरभ रानाभाटलाई कक्षा १ मा भर्ना गराउनु भएको हो ।

बिद्यार्थीलाई भर्ना गराउँदै अधिकारीले उनिहरुको उच्च शिक्षा सम्मको सम्पूर्ण जिम्मेवारी आफु लिने बताउनुभयो । सो अवसरमा अधिकारीले बिद्यार्थीलाई आवश्यक पर्ने ड्रेस तथा शैक्षिक सामाग्री समेत प्रदान गर्नभएको थियो । “समाजका हरेक व्यक्तिहरु स्वास्थ्य र शैक्षिक योग्यताले परिपुर्ण हुनुपर्दछ” अधिकारीले भन्नुभयो ः “अब व्यबसायिक शिक्षालाई प्राथमिकता राख्दै हरेक बिद्यालयले तल्लो तहबाट प्राविधिक बिषयहरुलाई पढाउने व्यबस्था गर्नुपर्दछ” पूर्ब स्वास्थ्यमन्त्री समेत रहनुभएका अधिकारीले बिद्यालयमा अध्ययन गर्ने अध्ययनशिल बिपन्न बिद्यार्थीहरुको उच्च शिक्षाको व्यबस्था गर्ने बताउनुभयो ।

देशैभर बिद्यालय भर्ना अभियान चलिरहेको छ ।