Breaking News

पुर्नगठित माओवादी केन्द्रकाे पहिलो औपचारिक बैठक, तोक्‍यो सातै प्रदेशका संयोजक

By Peoplesdailynepal

April 23, 2018

काठमाडौं, १० बैशाख। नेकपा (माओवादी केन्द्र) महाधिवेशन अायोजक समितिको पहिलो औपचारिक बैठक बसेर कार्यविभाजन गरेका छ । कम्युनिस्ट स्थापना दिवसकै दिन बसेको पहिलो पूर्ण बैठकले प्रथम राष्ट्रिय भेलाको प्रतिवेदन छलफलको लागि प्रस्ताव गरेको छ ।

पार्टीका संयोजक गोपाल किरातीले बैठकमा प्रचण्डको नेतृत्वमा पार्टीको ठूलो हिस्सा एमालेमा विलय हुन गएको बताउँदै जनयुद्ध र पहिचानका बाँकी कार्यभार पूरा गर्ने जिम्मा अाफूहरुको जिम्मामा अाएको बताए । उनले नयाँ ढंगको पार्टी निर्माण गर्ने बताए ।

बैठकले साताओटै प्रदेशमा संयोजक पनि तोकेको छ । जसअनुसार प्रदेश न. १ मा विमल निरौला, प्रदेश न. २/३ मा नजिबुल्लाह अन्सारी, प्रदेश न. ४ मा मोहन गुरुङ, प्रदेश न. ५,६ र ७ को संयोजक आलोक रायमाझीलाई तोकेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा १४८ औं लेनिन जयन्तीको अवसरमा एमाले र माओवादी कन्द्रबीच राष्ट्रिय सभागृहमा लफडा भइरहेको बेला किरातीले कोटेश्‍वरको एक पार्टी प्यालेसमा नयाँ योजना बनाउँदै थिए ।