Breaking News

‘जागिर लगाइदिन्छु’ भन्दै धर्म परिवर्तन गराउन खोज्ने तीनजना पक्राउ

By Peoplesdailynepal

May 07, 2018

परिसरले नागार्जुन–४ मा चितवनकी लक्ष्मी भट्टराईलाई जागिरको प्रलोभन देखाएर धर्म परिवर्तन गराउन खोज्ने कास्कीकी सुमित्रा गौली, काठमाडौंकी राधिका महर्जन र चितवनकी फूलदेवी भट्टराईलाई वैशाख २१ गते पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

जागिर लगाइदिने भन्दै इच्छाविपरीत धर्म परिवर्तन गराउन खोजेएको भन्दै लक्ष्मीले वैशाख २१ गते प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पीडित लक्ष्मीलाई फूलदेवीले जागिर लगाइदिने भन्दै चर्चसम्म पुर्‍याएकी र चर्चमा सुमित्राले बाइबलको पाठ सुनाउँदै आफ्नो दुवै हात जबर्जस्ती समातेर धर्म परिवर्तन गराउन खोजेको अनुसन्धानमा खुल्न आएको परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिए ।

पक्राउ परेका तीनैजनालाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए । रासस