Breaking News

उपेन्द्र देवकोटालाई भेटेपछि ओलीले दिए अस्पताललाई निर्देशन

By Peoplesdailynepal

May 09, 2018

काठमाण्डौ, २६ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले डा देवकोटाको उपचार भइरहेको न्यूरो अस्पतालमा पुगेर उनको स्वास्थ्यलाभको कामना गरेका हुन्। पित्त थैलीको क्यान्सर रोगले थलिएका डा देवकोटा न्यूरो अस्पतालमा स्वास्थ्यलाभ गराइरहेका छन् ।

प्रधानमन्त्री ओलीले डा देवकोटाको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललाई निर्देशन समेत दिए।