Breaking News

एमाले अध्यक्ष ओलीको ब्यबहारले एकतामा शंका देखियोः देव गुरुङ

By Peoplesdailynepal

May 11, 2018

२८ वैशाख, भक्तपुर । माओवादी केन्द्रका नेता देबप्रसाद गुरुङले एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यबहारका कारण एमाले-माओवादी एकतामा शंका देखिएको बताएका छन् ।

रफत सञ्चार क्लबमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले सरकारको क्याबिनेटबाट गरिने निर्णय बाहेक सत्ता साझेदार रहेको दल माओवादी केन्द्रका अध्यक्षसँग कुनै परामर्श नगरी महत्वपूर्ण निणर्यहरु गरिनुले विश्वासको वातावरणमै शंका भएको बताए ।

उनले पार्टी एकीकरणसँगै दुई अध्यक्ष रहने र एकले सकारकारको नेतृत्व गर्ने र अर्कोले पार्टीको नेतृत्व गर्ने सहमति भएपनि पछिल्लो समयमा एमाले अध्यक्ष ओलीले त्यस्तो ब्यवहार देखाउन नसक्दा बिश्वासको वातारणमा शंका देखिएको बताए ।

प्रधानमन्त्री ओलीको ब्यबहारले प्रचण्डलाई सेरोमोनियल बनाउन खोजेको जस्तो देखिएको नेता गुरुङको टिप्पणी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण दुई देश बीचका सम्बन्ध बिस्तारको स्वरुप भएको भएपनि भ्रमणका समय जसरी नेपाली सुरक्षाकर्मी भन्दा भारतीय सुरक्षाकर्मी बढी हुनु कुटनीतिक छलफलको बिषय समेत बनेको उनले बताए ।

एमाले र माओवादी पार्टी एकताका बिषयमा प्रत्यक्ष नभएपनि अप्रत्यक्ष रुपमा बिदेशी शक्तिहरुका चलखेल भइरहेको बताउँदै यस्ता चलखेलबाट चनाखो रहँदै एकीकरण गर्नुपर्ने बताए ।