बैशाख २८, पोखरा /भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका क्रममा विरोध गर्न सक्ने शंकामा प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका ३५ भन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ।
उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
काठमाडौंको सुरक्षा व्यवस्था चुस्त पारिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।
प्रधानमन्त्री मोदीको सवारी स्थल, बासस्थान र मोदी भ्रमणका बेला प्रयोग हुने सडक मार्गमा बिहानैदेखि प्रहरी परिचालन गरिएको छ।
विमानस्थलदेखि मोदी बस्ने हायत होटलसम्म सुरक्षाकर्मी परिचालन गरिएको छ। सादा पोसाकका प्रहरी पनि खटाइएको छ।
उनका अनुसार काठमाडौंका विभिन्न स्थानमा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ।