Breaking News

१०२ श्रृंखलाको बृहत सफाइ अभियान जैविक विविधतायुक्त क्षेत्र शान्तिवन बाटिकामा सम्पन्न

By Peoplesdailynepal

May 13, 2018

पोखरा, २९ वैशाख/पोखरामा जारी बृहत सफाइ अभियान शनिबार शान्तिवन बाटिकामा सम्पन्न भएको छ । यस क्षेत्रकै जैविक विविधतायुक्त सो क्षेत्र प्राकृतिक सम्पदाका रुपमा समेत परिचित छ । सफाइ अभियानको १०२ आंै हप्तामा झण्डै ५ टन फोहोरमैला संकलन नगरिएको नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले जानकारी दिए ।

यसअघि प्रदेशसभा सदस्य विन्दुकुमार थापाले उपस्थित सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराउनुका साथै पोखरा उपत्यका बृहत सफाइ अभियानको पूर्ण सफलताका लागि शुभकामना दिएका थिए । यसैबीच, अभियानका संयोजक रामबहादुर पौडेलले वडा ९ का वडा अध्यक्ष रामराज लामिछाने र वन विज्ञान क्याम्पसका प्रमुख प्राध्यापक वीरबहादुर खनाललाई यस क्षेत्रकै जैविक विविधताले भरिएको प्राकृतिक सम्पदाका रुपमा प्रख्यात शान्तिवन बाटिकाको नियमित सरसफाइ, उचित संरक्षण र व्यवस्थापन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्नेछु भन्ने व्यहोराको प्रतिबद्धता गराइ हस्ताक्षर गराएका थिए ।

यस पटकको अभियानमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा बुद्धिसागर पौडेल, वन क्याम्पस पोखरा, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, महेन्द्रपुल महिला जागरण समूह, मानव धर्म सेवा समिति, शान्तिदर्शन आमा समूह, हिमाली सांस्कृतिक परिवार, अभियान क्लब महिला समूह, सामुदायिक प्रहरी, ड्यामसाइड टोल विकास संस्थान, माछापुच्छे« महिला क्लब, खहरे आमा समूह, मितेरी नारी समूह लगायत स्थानीय संघसंस्थाहरुले ऐक्यबद्धता जनाएका थिए ।

सफाइ अभियानका लागि वन विज्ञान अध्ययन संस्थानका तर्फबाट १० प्याकेट तथा डा. बुद्धिसागर पौडेलबाट र सुजन गुरुङबाट २÷२ प्याकेट डिस्पोजल ग्लोब सहयोग प्राप्त भएको वडासचिव लोकदर्शन कोइरालाले बताए । सफाइ कार्यक्रममा वडा अध्यक्ष रामराज लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए । आगामी साता १०३ हप्ताको सफाइ अभियान ढुंगेसाँघुमा हुने जनाइएको छ ।