Breaking News

३ सय ५७ जनालाई शपथ खुवाउँदै रक्षामन्त्रीले भनेः भुँइतिर फर्किएर हेर्नुपर्‍यो

By Peoplesdailynepal

May 15, 2018

काठमाण्डौ, १ जेठ – रक्षा मन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काम नगर्ने कम्युनिस्ट हुन नसक्ने बताएका छन् ।एमाले जिल्ला कमिटी, ललितपुरका ३ सय ५७ जना नयाँ पार्टी सदस्यहरुलाई शपथ गराउँदै पोखरेलले जिल्ला, क्षेत्र र शाखा कमिटीलाई आर्थिक उत्पादनसँग जोडिन आग्रह गरे ।

‘कामबाट अलग भएर बतासिने एमाले अब काम लाग्दैन’, पोखरेलले भने, ‘अब कार्यकर्ताले भुँइतिर फर्किएर हेर्नुपर्‍यो, सम्भावनाहरु पहिल्याएर त्यसबाट लाभ लिनसक्नु पर्‍यो ।’

अधिकार प्राप्तिको आन्दोलनमा जनता धेरै दौडिएको भन्दै उनले अबको यात्रा आर्थिक समृद्धितर्फ उन्मुख भएको बताए । ‘अब जेल बसेका, भूमिगत र निर्वासित भएका कुरा गरेर कसैको राजनीति चल्दैन,’ पोखरेलले भने, ‘जनताको जीवनलाई समृद्ध बनाउने काम र योजना तथा संकल्प जोसँग छ त्यसले नै अब मुलुकको राजनीतिक हाक्छ ।’

उनले कम्युनिस्ट पार्टीमा अब पूर्णकालीन राजनीति चल्न नसक्ने स्पष्ट पार्दै कामबाट बचेको समय पार्टीलाई दिन कार्यकर्तालार्इ आग्रह गरे । पोखरेलले अगाडि थपे, ‘२४ घण्टामा दुई घण्टा मात्रै पार्टीलाई समय दिनुस, तर आर्थिक उत्पादनमा मज्जाले लाग्नुहोस् ।’