Breaking News

प्रदेशसभा सदस्यलाई पक्राउ गर्न निर्देशन

By Peoplesdailynepal

May 15, 2018

जेष्ठ १, रौतहट/ वन पैदावार ओसारपसारको आरोपमा प्रदेश २ का प्रदेशसभा सदस्य कुन्दन कुशवाहलाई पक्राउ गर्न जिल्ला अदालत रौतहटले जिल्ला प्रहरीको नाममा पत्र पठाईएको छ । कुशवाह माओवादी केन्द्रबाट रौतहटबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

विना इजाजत वन पैदावार ओसार पसारमा संलग्न रहेको भन्दै पुनरावेदन अदालत हेटाँैडाको फैसला अनुसार एक वर्ष जेल सजाय सुनाईएको सदस्य कुशवाहलाई पक्राउ गर्न अदालतले वैशाख १९ गते जिल्ला प्रहरीको नाममा पत्र पठाएको हो । प्रहरीलाई पत्र पठाएको अदालतले पुष्टि गरेको छ । पत्र आए पनि प्रहरीले पक्राउ गर्नुको साटो गोप्य राखेको थियो ।

बाराको साविक पिपरा सिमरास्थित पथलैया चोकमा विभिन्न सवारी चेकजाँचका क्रममा २०६९ असोज २ गते बिहान जिल्लाको कटहरिया बजारबाट कास्कीको पोखरा जान लागेको ना ४ ख ४६४० नम्बरको ट्रकमा अनुमति बिनाको सालको चिरान काठ २ सय ६५ थानको ४ सय ६९ क्यूफिट र ८ क्विन्टल स्ट्रिप बरामद भएको थियो ।