Breaking News

पहिरो हटाएसँगै सिद्धार्थ राजमार्गमा दुईतर्फी सवारी साधन सञ्चालन

By Peoplesdailynepal

May 15, 2018

पोखरा, जेठ १/ पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डको तिनाउ ३ क्षेत्रमा अहिले दुईतर्फी गाडी सञ्चालन भएको छ । बुटवल–पाल्पा सडकखण्डको ‘हेडबक्स’ भन्ने ठाउँमा खसेको पहिरो हटाएपछि दोहोरो गाडी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उक्त सडकखण्डमा आइतबार राति पहिरो खस्दा सवारीसाधन सञ्चालन हुन सकेको थिएन । आइतबार राति १ बजेदेखि अवरुद्ध राजमार्ग सोमबार ४ बजेपछि एकतर्फी सञ्चालन भएको थियो ।

अवरुद्ध सडक खुलाउन सोमबार बिहान ७ बजेदेखि दुईवटा डोजर र एउटा क्रेन प्रयोग गरिएको थियो ।

माथिबाट पहिरो खस्ने क्रम नारोक्किदाँ पहिरो पन्छाउने समय लागको प्रहरीको भनाई छ । गत वर्ष पनि यही ठाँउमा पहिरो जाँदा १५ दिनसम्म सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा पाल्पा लगायतका क्षेत्रमा जाने तथा काठमाडौं आउने यात्रुहरु समस्यामा परेका थिए ।