Breaking News

नेकपा (माले)ले माग्यो प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा

By Peoplesdailynepal

May 16, 2018

जेठ २, पोखरा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा प्रदेश २ का सांसद लालबाबु राउतको अभिव्यक्ति अभिनन्दनको विषयलाई लिएर नेकपा (माले)ले मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।

पार्टीका महामन्त्री सिपी मैनालीले एक विज्ञप्ती जारी गदै भ्रमणका क्रममा मुख्यमन्त्री राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेको भन्दै राजीनामा माग गरिएको हो ।

विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको प्रदेश सरकार तथा त्यसका मुख्यमन्त्रीले विदेशका प्रधानमन्त्रीसमक्ष नेपालको आन्तरिक समस्या समाधान गर्न हस्तक्षेपको याचना गर्नु, विकृत बनाई राष्ट्रिय झण्डाको अपमान गर्नु लगायतका संविधान र राष्ट्रिय अखण्डता विरोधी कार्य भएकामा आपत्ति जनाइएको छ ।

साथै विहारका भाजपा–सांसद कीर्ति आजादले सामाजिक सञ्जालमार्फत नेपाललाई खण्डीत गर्ने राष्ट्रविरोधी विचार व्यक्त गरेकोमा दुःख व्यक्त गरिएको छ । भने मुख्यमन्त्री राउतलाई राज्यबाट अविलम्ब कानूनसम्मत कारबाहीको माग गरिएको छ ।