Breaking News

प्रधानमन्त्रीले भने, १९५० को सन्धि फेरिन्छ र विराटनगरको भारतीय फिल्ड अफिस पनि त्यहाँ बाट उठ्छ

By peoplesdailynepal

May 19, 2018

जेठ-५, काठमाडौं / प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भारत संगको १९५० को सन्धि फेरिने बताएका छन् । साथै उनले बिराटनगर स्थित भारतीय फिल्ड अफिस पनि हट्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको बताए । उनले भने बिराटनगरको फिल्ड अफिस पनि उठ्छ ।

२०६५ भदौ मा कोशी ब्यारेजमा ठुलो बाढी आएपछि बाढीले कोशी ब्यारेज भत्काएको थियो, त्यतिनै बेला  नेपालका सवारी साधानहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूताबासले फिल्ड अफिस स्थापना गरेको थियो । तर, अझैसम्म भारतले यसलाई हटाएको भने  छैन ।

बिपत्तिको बेला स्थापना गरिएको उक्त फिल्ड अफिस अहिले भारतले नेपालको आन्तरिक मामिला हस्तक्षेप गर्ने सम्पर्क कार्यालय जस्तै भएको स्थानीयले बताऊछन् ।  उक्त फिल्ड अफिस बाट भारतले नेपालको आन्तरिक मामिला हस्तक्षेप गर्न सुरक्षित र भरपर्दो कार्यालय पाएको एक स्थानीयले बताए ।

नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले न पत्रको जवाफ दियो, न कार्यालय नै हटाएको छ ।

ओली नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेता पनि आजै चुनिएका छन् ।