तस्विर पूर्वेलीन्यूज

Breaking News

दलित विवाह गरेकै कारण काजकिरिया गर्न भेटिएन् ब्राहमण (भिडियाे सहित)

By Peoplesdailynepal

May 21, 2018

जेठ ६, पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ४ मा एक युवकले दलित युवती विबाह गरेको कारण बाबुको काजकिरिया गर्ने ब्राह्मण पाउन सकेका छैनन । जेष्ठ १ गते बाबु धनबहादुर श्रेष्ठको ६२ वर्षको उमेरमा मृत्यू भएपछि उनले ब्राह्मण नभेटेकाले जस्तो देखेका थिए भोलिपल्ट त्यस्तै तरिकाले सदगद गरेका छन । यदि ७ दिन सम्म पनि पुरोहित नभेटिए ७ दिनमा ढिकुरो उठाउनु पर्ने हुन्छ आफ्नो बाबुको क्रिया काज बिधिअनुसार गर्न नपाईने भन्ने डर भएको छोरा यादव श्रेष्ठ बताउँछन ।

एकबर्षअघि ७४ साल कातिक २९ मा भागी बिबाह गरेका यादवले आफ्नो छोराको न्वारनमा समेत पुरोहित भेटेन्न । बाबुको काजकिरिया हिन्दु विधि अनुसार गर्न कोरामा बसेको ५ दिन भै सक्यो तर कुनै पुरोहित नआएकाले उनले तर्पन, पिण्ड दिन र गरुढ सुन्न पाएका छैनन । आफ्नो घरमा चलाएको पुरोहितको मृ्त्यु भै सकेको र अन्य पुरोहितले दलित बिबाह गरेकोले आउन आलटाल गरेको यादवको गुनासो छ ।

घर पक्षबाट कुनै सहयोग नपाएकाले उनीहरुको ससुराली पक्षले रेखदेख गर्दै आएका छन । बिश्वकर्मा समाजले उनीहरुले आफ्नै संस्कार अनुसार काजकिरिया गर्न पहल गरिरहेको छ । उक्त क्रियाकाज बिधिवत तवरले गरिदिन बुहारी रेखा विश्वकर्माले पहल गरेकी छिन । ससुरालाई बिगत १८ महिना देखि रेखदेख गर्दै आएको र ससुराको प्राण पनि मेरै काखमा गएको तर क्रियाकाज गर्न बाट बन्चित भएको विश्वकर्माले गुनासो गरेकी छन ।

हिन्दु धर्म र बेदमा कुनै बिभेद नभएको तर गाँउमा दलितकै छोरी बिबाह गरेको भरमा बाबुको क्रियाकाज बाट बञ्चित रहेको यस्तो हिन्दु धर्म भित्रको पाखण्डी पनको अन्त्य हुनुपर्ने विश्वकर्मा एकता समाज पथरीशनिश्चरे नगर कमीटी तथा प्रदेश नं. १ का अध्यक्ष नरेश घतानीले बताए ।हामी दलित नरहेको दलित बनाईएको र यहाँका पुरोहितले नगरे पछी धेरै खोजि गरियो हिन्दु महासंघका पनि समस्या राखियो तर कुनै समधान नभए पछी ७ दिनम कर्म सिध्याउने बध्यता रहेको घतानीले बताए । यता नेवार समुदायको काज क्रिया गर्ने क्रममा विश्वकर्मा समुदाय हावी भएको र नेवार समुदायलाई परामर्श नखोजेकोले आफुहरुले केही गर्न नसकेको नेवार समुदायका अगुवाहरुको धारणा रहेको छ ।