Breaking News

तपाईंको निर्वाचन क्षेत्रमा को-को निर्वाचन अधिकृत खटिए, सुची सहित

By peoplesdailynepal

October 04, 2017

१८ असोज, काठमाडौँ । निर्वाचन आयोगले बुधबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी १ सय ६५ जनालाई नियुक्त गरेको छ । मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि आयोगले अधिकृत नियुक्त गरेको हो ।

बुधबार नियुक्ती पाएका अधिकृतलाई अभिमुखिकरण तालिम दिएपछि कात्तिक १ गतेअघि नै १ सय ६५ निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्ने आयोगको तयारी छ ।

आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता रहनेछन् । अायोगले अाजको गोरखापत्र दैनिकमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्तिको सूची सार्वजनिक गरेको छ । सूची तल हेर्न सक्नुहुन्छ ।