Breaking News

१० जना सहित समातियो ठुलो मात्रामा लागुऔषध, ६ किलो खैरो चरेश कसरी भित्रियो पोखरा!

By Peoplesdailynepal

May 22, 2018

पोखरा । कास्की प्रहरीले ठुलो मात्राको लागूऔषध सहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले छ किलो २ सय ५० ग्राम खैरो चरेश, डाईजापाम ५ सय ४ थान, फेनेरागन ५ सय ४ थान, नर्फिन ५ सय ४ थान, नाईट्रोसन १ सय १८ सहित १० जनालाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा पक्राउ पर्नेमा पोखरा १८ का २१ वर्षिय ईश्वर परियार, मकवानपुर पालुङ २ घर पोखरा बस्दै आएका ६८ वर्षीय कर्णबहादुर गोले, पोखरा ६ का ४० वर्षिय लक्ष्य परियार, नुवाकोट तार्केस्वर ३ घर भई काठमाडौं माछापोखरी बस्ने ४० वर्षीय जुठे भन्ने विष्णु परियार, सर्लाही नवलपुरका ३२ वर्षिय निरज कार्कीलाई खैरो चरेश सहित पक्राउ गरेको हो । उनीहरु छुटाछुटै ठाउँबाट भिन्दा भिन्दै परिमाणको चरेश सहित पक्राउ परेका हुन् ।

त्यसै गरी धादिङ निलकण्ठ नगरपालिका बडा १३ का ३७ बर्षि सुमन भन्ने कर्ण बहादुर गुरुङ, कास्कीको माछापुच्छे गाउँपालिका भुजुङखोला बस्ने २४ बर्षिय अरविन बास्तोला, पोखरा १८ का राजेश बि.क. र पोखरा २५ हेम्जाका २९ बर्षिय सन्जिव पुर्जा मगरलाई विभिन्न लागूऔषध सहित पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख ओमबहादुर घर्ती मगरले सोमबार आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिए । पक्राउ परेका अधिकांश पोखराको खहरे क्षेत्रबाट पक्राउ परेको उनले बताए ।

उनले ठाउँ प्रहरी परिचालन गरी अन्यको पनि खोजी कार्य भईरहेको बताए । पक्राउ परेकालाई लागू औषध मुद्धामा मुद्धा चलाएको र थप अनुसन्धान भईरहेको प्रहरी प्रमुख घर्र्तीको भनाई छ ।