विराटनगर, ८ जेठ / सुन तस्करी र त्यससँग सम्बन्धित सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई मोरङ जिल्ला अदालतमा पेश गरिएको छ ।
मंगलबार काठमाडौंबाट पक्राउ गरी मोरङ पुर्याइएका गोरेलाई अपराह्न जिल्ला अदालतमा पेश गरिएको हो ।
गोरेलाई अदालतमा पेश गर्ने क्रममा सनमका परिवारले उनीविरुद्ध नाराबाजी गरेका छन् ।
‘गोरेलाई फाँसी दे’ भन्दै सनमका परिवार र आफन्तले नाराबाजी गरेका हुन् ।
तस्करीको साढे ३३ किलो सुन हराएको भन्दै गोरेले यातना दिने क्रममा सनमको मृत्यु भएको थियो ।