कास्की

रोटर्याक्ट पोखरा फिष्टेल द्वारा चिसाखोला वेदविधा आश्रममा लाईब्रेरी स्थापना

By peoplesdailynepal

May 26, 2018

पोखरा, जेठ-१२/ सामाजिक सेवामा अग्रसर पोखरामा रहेको रोटर्याक्ट क्लब अफ पोखरा फिष्टेलले आज एक कार्यक्रमका बीच कास्की चिसाखोला स्थित चिसाखोला वेदविधा आश्रममा क्लब द्वारा स्थापित लाईब्रेरी उद्घाटन तथा हस्तान्तरण गरेको छ ।

१८ देखि ३० वर्ष उमेर समूह रहेका महिला हरुको क्लब रोटर्याक्ट क्लब अफ पोखरा फिष्टेलले आफ्नो सिग्नेचर कार्यक्रमको रुपमा लाईब्रेरी स्थापना कार्यक्रमलाई लिदैं आएको छ । आफ्नो क्लबको ५ औँ लाइब्रेरी स्थापना गरेर हस्तान्तरण गर्न पाउँदा गर्व लागेको र यस कार्यलाई आगामी बर्ष पनि निरन्तरता दिने क्लब अध्यक्ष तथा कार्यक्रम सभापति अमृता पौडेलले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला शिक्षा कार्यालय, कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले रिबन काटेर लाईब्रेरी उद्घाटन गर्दै अहिलेको युवा पंक्ति समाज सेवा मार्फत रास्ट्र निर्माणका लागेकोमा खुशी व्यक्त गर्दै उदाहरणीय कार्य गरेकोमा रोटर्याक्ट क्लब अफ पोखरा फिष्टेललाई धन्यवाद दिनुभएको थियो ।

लाइब्रेरी स्थापना स्व. रुकमणि देवकोटा को स्मृतिमा उहाँका छोरा रामचन्द्र देवकोटा तथा बुहारी सरिता कुमारी बास्तोलाको आर्थिक सहयोग  द्वारा रोटर्याक्ट क्लब अफ पोखरा फिष्टेलको संयोजनमा गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथि तथा रोटरी क्लब अफ पोखराकी अध्यक्ष लक्ष्मी थापा गिरी, विधालयका शिक्षक मोदनाथ तिमिल्सिना लगायतले बोलेका थिए भने चिसाखोला वेदविधा आश्रम व्यस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, शिक्षक व्यस्थापन संघका अध्यक्ष तथा पदाधिकारी, रोटर्याक्ट क्लब अफ पोखरा फिष्टेलका संस्थापक अध्यक्ष, पुर्वअध्यक्ष तथा अन्य सदस्य, स्व. रुकमणि देवकोटा को उहाँका छोरा रामचन्द्र देवकोटा तथा बुहारी सरिता कुमारी बास्तोला लगायतको उपस्थिति रहेको थियो ।